Logo

स्टेजमा गाउँदागाउँदै गायकको कपालमा लाग्यो आगो



Spread the love

एजेन्सी । अमेरिकाको आयोवास्थित सिउक्स सिटीमा हेयरबल कभर ब्यान्डमा केआईआईएस(किस ) सांगीतिक समूहको गीत डेट्रोइट रक सिटी गाइरहेका एक गायकको कपालमा आगो लागेको छ । किस समूहको गायक बबी जेनसनले आगो लागे पनि रक गीत गाइरहे ।

हेयरबल एक कभर ब्यान्ड हो जसले क्लासिक रक गीतहरू गाउने गर्छ । ब्यान्डका सदस्यहरू गीतअनुसारको लुगा परिवर्तन गरिरहेका हुन्छन् । त्यसक्रममा जेनसनले किस ब्यान्डको मेकअप गरेर डेट्रोइट रक सिटी गीत गाएका थिए ।

जेनसनको कपालमा आगो झरेपछि हुरुरु बलेको थियो । तर उनले नआत्तिइकन गाइरहे र उनका साथीले आगो निभाउने कोशिश गरे । पछि अन्य सदस्य पनि मञ्चमा गए र आगो निभाए । जेनसनले आगो लागेको कपाल वास्तविक भएको र विग नलगाएको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्