Logo

त्यो टेलिफोन, जसले लिएको थियो ८० वर्ष पहिले लाखौँको ज्यान



Spread the love

एजेन्सी । आजभोलि टेलिफोन जस्ता सूचना प्रविधिका माध्यमहरु लाखौँ मानिसलाई अकालमा मर्नबाट जोगाई रहेको छ । तर इतिहासमा कुनै समय यहीँ टेलिफोन लाखौँ मानिसको मृत्युको कारण बनेको थियो ।

त्यो खुनी टेलिफोनको कहानी दर्दनाक छ । सन् १९४० को दशकमा लाखौँ मानिसको ज्यान लिने साधन बनेको यो टेलिफोनको सन् २०१७ मा अमेरिकामा लिलामी भएको थियो । ३ करोड रुपैयाँभन्दा बढी मूल्यमा यसको लिलामी भएको थियो ।त्यो टेलिफोन जर्मनीका खुङ्खार तानाशाह हिटलरको टेलिफोन हो । उक्त फोन सेटमा हिटलरको नाम तथा स्वस्तिक चिन्ह पनि रहेको छ ।

समाचार अनुसार दोश्रो विश्वयुद्धको समाप्तिसँगै यो टेलिफोन सन् १९४५ मा बर्लिनस्थित हिटलरको बंकरबाट बरामद गरिएको थियो । यो फोन लाखौँ मानिसको हत्याको साधन बनेको थियो । किनकी १९४० को दशकमा हिटलरले यहीँ फोनबाटै दोश्रो विश्वयुद्धका दौरान नाजी सैनिकहरुलाई आदेश जारी गर्दथे । अनि बन्धक बनाइएका मानिसहरुले नाजी सेनाले गोली हानेर हत्या गर्दथे ।

प्रतिक्रिया दिनुहोस्