Logo

अनौठो होटेल- जो हरेक वर्ष ठडिने तर पानीमा हराउने



Spread the love

एजेन्सी। यो दुनियामा एउटा यस्तो होटल छ, जुन हरेक वर्ष निर्माण गरिन्छ अनि वर्षेनी पानीमै हराउँछ । यो अनौठो होटलको नाम आइस हो । जो स्विडेनमा रहेको छ ।

हरेक वर्ष ठण्डी मौसममा यो होटलको निर्माण गरिन्छ । यो होटल बरफबाट बनेको हुन्छ । जब गर्मी याम सुरु हुन्छ, यो होटल पग्लिन थाल्दछ र नदीको पानीमा समाहित हुन्छ ।

चिसोले जमेको टर्न नदीको किनारामा यो होटल रहेको छ । होटल निर्माणका लागि नदीबाट २५ सय टन बरफ निकालिन्छ । अक्टोबर महिनामा होटल बनाउन सुरु गरिन्छ । होटल निर्माणका लागि विश्वभरका कलाकारहरु त्यहाँ आउँदछन् र हिउँमा आफ्नो कला देखाउँदछन् ।

यो अनौठो होटल बनाउने परम्परा सन् १९८९ देखि चल्दै आएको छ । यो पटक ३१ औँ वर्षमा समेत होटल ठडाइएको छ ।

प्रतिक्रिया दिनुहोस्