Logo

अचम्मको देश जहाँ मापसे गरेर साइकल चलाउँदा पनि जेल जानु पर्ने !



Spread the love

एजेन्सी । कडा कानून, अपराध नियन्त्रण तथा रोकथाम गर्ने नीति नियम तथा शिक्षा र चेतनाकै कारण जापान सुरक्षित देश बनेको हो । मानव जीवनका हरेक कार्यहरु नियमबद्ध तथा कानूनबाट निर्देशित छन् । जापानमा मादक पदार्थ सेवन गरेर साइकल पनि चलाउन पाइँदैन । यदि कसैले रक्सी पिएर साइकल चलाएको पाइएमा जरिवाना तथा कैद सजायसमेत भोग्नु पर्दछ ।

हेडफोन कानमा लगाएर साइकल चलाउन, साइकल चलाउँदा फोनमा कुरा गर्न तथा पानी परेको बेला छाता ओडेर साइकल चलाउन पनि पाइँदैन । जापानमा रेलभित्र साइकल लैजान पनि पाइँदैन । ब्रेक बिग्रिएको साइकल चलाएको पाइएमा ५० हजार येन जरिवाना तिर्नुपर्दछ ।

एउटा साइकलमा दुईजना चढ्न पनि बन्देज छ जापानमा । यदि एउटा साइकलमा दुईजना चढेको भेटिएमा २० हजार येनसम्म जरिवाना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्