Logo

प्रदेश नम्बर दुईमा कुन दलको कुन ठाउँमा अग्रता ? ( विवरण सहित)



Spread the love

अहिले सम्म प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेस अगाडि छ ।

नेपाली काँग्रेस १५, नेकपा एमाले १४, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम ११, नेकपा (माओवादी केन्द्र) १० र राजपाले ४ स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले एक र स्वतन्त्रले एक स्थानमा अग्रता लिएका छन् ।मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा रहेको छ ।

नेपाली काँग्रेस

नेपाली काँग्रेसले अग्रता लिएका स्थानीय तहहरुमा सिम्रौनगढ, रौतहटको परोहा र गढीमाई नगरपालिका, ईश्वरनाथ नगरपालिका, सप्तरीको बेल्ही चपेना गाउँपालिका र खड्ग नगरपालिका, महोत्तरीको रामगोपालपुर नगरपालिका, पर्साको कालीका गाउँपालिका सर्लाहीका कौडेना, चक्रघट्टा र धनकौल गाउँपालिका, हरिपूर्वा नगरपालिका, बाराको कलैया उपमहानगरका, निजगढ र महागढीमाई नगरपालिका रहेका छन् ।

नेकपा एमाले

नेकपा एमालेले अग्रता लिएका स्थानीय तहहरुमा रौतहटको गौर र गरुडा नगरपालिका, यमुनामाई नगरपालिका, धनुषाको मिथिला नगरपालिका, सर्लाहीको ईश्वरपुर र हरिवन नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, पर्सा जिल्लाको पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौली, सिरहाको लाहान, नरहरा र विष्णुपुर, सप्तरीको सप्तकोशी नगरपालिका रहेका छन् ।

माओवादी केन्द्र
माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तहहरुमा धनुषाको धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, पर्साको ठोरीसिरहाको मिर्चैया, अर्नमा, गोलबजार, धनगढी, रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र वौद्धीमाई, महोत्तरीको गौशाला, रहेका छन् ।धेरै जसो ठाउँमा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।

संघीय समाजवादी फोरम

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तहहरुमा सर्लाहीको बरथहवा नगरपालिका र विष्णु गाउँपालिका, पर्साको धोबनी, धनुषाको हंसपुर र रौतहटको गुजरा, रौतहटको देवाही गोनाही र माधवनारायण नगरपालिका, रहेका छन् ।
मधेसकेन्द्रित दलहरुमध्ये संघीय समाजवादी फोरमले राजपाको भन्दा राम्रो परिणाम ल्याइरहेको छ ।

राजपा

राजपाले संघीय फोरमको भन्दा थोरै स्थानमा अग्रता लिएको छ ।

राजपाले अग्रता लिएका स्थानीय तहहरुमा रौतहटको गुजरा, सप्तारीको तिलाठी सर्लाहीको ब्रह्मापुरी गाउँपालिका, बाराको पचौरा रहेका छन् ।

फोरम लोकतान्त्रिक

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पर्साको जिराभवानी गाउँपालिकामा मात्रै अहिलेसम्म अग्रता लिएको छ ।

स्वतन्त्र

सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्