Logo

लक्जेम्बर्गमा मार्चदेखि नि:शुल्क सार्वजनिक यातायात



Spread the love

एजेन्सी । मार्च महिनादेखि लक्जेम्बर्गका नागरिकहरुले बस तथा रेलहरुमा यात्रा गर्दा पैसा तिर्नु पर्नेछैन । योसँगै लक्जेम्बर्ग नि:शुल्क सार्वजनिक यातायात सेवा सुरु गर्ने विश्वकै पहिलो देश बन्नेछ ।

सन् २०१८ को अन्त्यमा लक्जेम्बर्गमा प्रधानमनत्रीले सपथ लिने क्रममा सार्वजनिक यातायात नि:शुल्क बनाउने घोषणा गरेका थिए । त्यो आगामी महिनादेखि कार्यान्वयनमा आउन लागेको हो । देशमा सार्वजनिक यातायातको प्रयोगकलाई बढावा दिन, निजी सवारी साधनको संख्या तथा प्रदूषणलाई कम गर्नुका साथै धनी र गरीबबीचको बढ्दो खाडल पूर्ति गर्नका लगि सरकारले यस्तो कदम उठाएको हो ।

युरोपेली संघका सदस्य मुलुकहरुमध्ये प्रतिव्यक्ति कारको संख्या लक्जेम्बर्गमै सबैभन्दा धेरै छ । लक्जेम्बर्गमा ६० प्रतिशत मानिसहरु कार्यालय जानका लागि आफ्नो निजी कारको प्रयोग गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्