Logo

अहमदावादमा उड्न लागेको विमानभित्र परेवाको मस्ती



Spread the love

एजेन्सी । भारतको अहमदावाद विमानस्थलमा उड्न लागेको एउटा विमानभित्र परेवा भेटिएपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको छ । शुक्रबार अहमदावादबाट जयपुरका लागि उड्न लागेको गो एयरको विमानभित्र परेवा भेटिएको थियो ।

‘जी८–७०२’ विमान ‘टेक अफ’ का लागि तयार हुँदै गर्दा विमानभित्र परेवा देखिएपछि यात्रु र चालक दलका सदस्य चकित भएका थिए ।

शुक्रबार दिउँसो ४ः५० बजे ‘टेक अफ’का लागि रन वेमा पुग्नु अघि नै उक्त विमानभित्र परेवा देखिएको हो । केहीबेर विमानभित्रै परेवा यता–उता उड्न थाल्यो । विमानको अघिल्लो भागदेखि पछिल्लो भागसम्म परेवाले केहीबेर फन्को लगाइरह्यो । यात्रु र विमानका कर्मचारीले पनि केहीबेर परेवाको मस्ती हेरिरहे । निकै मेहनतपछि उक्त परेवालाई बाहिर निकाल्न सफल भएको यात्रुहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्