Logo

१ सय वर्षकी महिलाले बल्ल मनाइन् आफ्नो २५ औँ बर्थडे !



Spread the love

एजेन्सी । बेलायतकी डेरिस क्लेफी १ सय वर्षको उमेरमा आफ्नो २५ औँ जन्मोत्सव मनाउने सायद दुनियाकै पहिलो मानिस हुन् ।सय वर्षको उमेरमा १ सयौँ बर्थडे मनाउन किन पाइनन् उनले ? शनिवार उनले आफ्नो २५ औँ बर्थडे मनाइन् परिवारको साथमा ।

बेलायतको पोर्टस्माउथकी यी हजुरआमाको जन्म २९ फेब्रुअरीमा भएको हो । रोचक त के भने २९ फेब्रुअरी केवल ४ वर्षमा एकपटक अर्थात् अधिक वर्षको बेलामात्र हुने । त्यसकारण उनको बर्थडे चार वर्षमा एकपटक मात्र आउँछ । जसका कारण उनी १ सय वर्षकी हुँदा केवल २५ औँ पटक मात्र आफ्नो बर्थडे मनाउन पाइन्।

उनको २५ औँ बर्थडे परिवारका सदस्यहरु तथा उनी बस्ने वृद्धाश्रमका साथी र कर्मचारीहरुले ठूलो उत्सवसहित मनाइदिए । उनलाई सरप्राइज दिए । आफ्नो जिवनमा चर्चित मान्छे भन्ने चाहना थियो उनको तर पूरा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्