Logo

मन्त्रीकी छोरीको बिहेमा १ लाख पाहुना, खर्च ८ अर्ब



Spread the love

एजेन्सी । भारतमा ८ अर्ब खर्चिएर एकजना नेताले आफ्नी छोरीको बिहे गराइदिँदै छन् । कर्नाटक राज्यका स्वास्थ्यमन्त्री बी श्रीरामुलुले खर्चमा इतिहास रच्दै छोरीको बिहे गराइदिन लागेका हुन् ।

कर्नाटकमा भारतीय जनता पार्टीका संकटमोचक भनेर समेत चिनिने दलित नेता श्रीरामुलुले छोरी रक्षिताको बिहे मार्चमा हुदैछ । हैदरावादका एकजना उद्योगपतिसँग मन्त्रीकी छोरीको बिहे हुन लागेको हो ।

बिहेको पूजाआजा तथा भोजभतेर धुमधामले सुरु भैसकेको छ । ९ दिनसम्म चल्ने उक्त समारोह भारतमा यो दशककै सबैभन्दा महंगो बिहे हुने बताइएको छ ।

मन्त्रीले छोरीको बिहेमा भारतका शीर्ष नेताहरुसँगै ५ सय पुजारीहरुलाई समेत निमन्त्रणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्रीलगायतका नेताहरुलाई उनले व्यक्तिगत निमन्त्रणा नै पठाएका छन् ।

यसअघि कर्नाटकमै जनार्दन रेड्डी नामका नेताले छोरीको बिहेमा करोडौँ खर्च गरी सबैभन्दा महंगो बिहेको रेकर्ड रोखका थिए । श्रीरामुलुले उक्त रकेर्ड तोड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्