Logo

मोटोपनकै कारण प्रेमीले दिए ब्रेकअप



Spread the love

एजेन्सी। मोटोपनका कारण आफूलाई छोड्ने प्रेमीलाई पाँच वर्ष पछि २६ वर्षकी जेन एटकिन्सले यस्तो जवाफ दिएकी छिन् जसका सायद उनले कहिले पनि कल्पना नै गरेका थिएनन् । नर्थ इस्ट लिंकनशायरको ग्रिम्सबीकी जेनले यी वर्षमा ५७ किलो तौल कम गरेर आफूलाई फिट मात्रै बनाइनन् केहि दिन अघि मिस ग्रेट ब्रिटेनको उपाधि पनि जितिन् । पाँच वर्षमा जेनले आफ्नो जीवनको सहयात्री पनि भेटेकी छिन् र उनले विवाह पनि गरिसकेकी छिन् ।

विवाह पछि यस्ता कुनै प्रतिस्पर्धामा भाग लिने उनको कुनै योजना नभएको बताउने मि ग्रे ब्रिटेनले विवाहित महिलाले पनि भाग लिन पाउने भन्दै आफ्नो नियम परिवर्तन गरेपछि उनले कार्यक्रममा भाग लिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्