Logo

विश्वका १० शक्तिशाली महिलाहरु



Spread the love


प्रसिद्ध म्यागजिन फोब्र्सले सन् २०१९ मा सार्वजनिक गरको विश्वका दश शक्तिशाली महिलाहरुको बारेमा यहाँ छोटकरीमा वर्णन गरिएको छ । अमेरिकाबाट शक्तिशाली महिलाहरुको सूचिमा पर्ने धेरै महिला रहेका छन् ।

१. एन्जेला मार्किेल
एन्जेला मार्केल जर्मनीकी चान्सलर हुन् । उनी सर्वप्रथम सन् २००५ मा चान्सलर बनेकी थिइन् । अहिले उनी जर्मनीको चान्सलरको रुपमा चौथो कार्यकाल बिताउँदै छिन् । उनी विश्वकी शक्तिशाली महिलाको सूचिमा शीर्ष स्थानमा रहेकी छिन् । उनी चान्सलर भएपछि जर्मनी आर्थिक रुपमा समृद्ध हुँदै गएको छ । सन् २०२१ प्छि आफूले चान्सलरको रुपमा काम नगर्ने उनले बताइसकेकी छिन् ।

२. क्रिस्टिन लागार्डे
क्रिस्टिन लागार्डे फ्रान्सेकी महिला हुन् । उनलाई फोब्र्स पत्रिकाले विश्वको दोस्रो शक्तिशाली महिलाको रुपमा राखेको छ । सन् २०१९ को नोभेम्बर १ मा यूरोपीयन सेन्ट्रल बैंकको प्रमुख बनेकी थिइन् । सन् २०११ देखि २०१९ को मध्यसम्म उनले अन्तरराष्ट्रिय मुद्रा कोषमा काम गरेकी थिइन् । युवा अवस्थामा पौडीबाज रहेकी लागार्डे अहिले विश्वकी शक्तिशाली महिलाको रुपमा स्थापित छिन् ।

३. नान्सी पेलोसी
नान्सी पेलोसी अमेरिकन महिला हुन् । अमेरिकाको प्रतिनिधि सभाकी उनी ५२ औँ सभामूखको रुपमा काम गरिरहेकी छिन् ।  उनी अमेरिकाकी सबैभन्दा बढी मत पाउने महिला हुन् । सन् २०१३ मा उनी नेसनल वुमन्स हल अफ फेममा पनि आबद्ध भएकी थिइन् ।

४. उर्सुला भोन डर लेयिन
उर्सुला भोन डर लेयिन जर्मनीकी महिला हुन् । सन् २०१९ मा उनी यूरोपीयन आयोगको अध्यक्ष भएकी थिइन् । यूरोपीयन आयोगको अध्यक्षको रुपमा काम गर्ने उनी पहिलो महिला हुन् । सन् २००५ देखि २०१९ सम्म उनले एन्जेला मार्केलको मन्त्रि परिषदमा काम गरेकी थिइन् । आजसम्म कुनै पनि सदस्यले १४ वर्ष परिषदमा रहेर काम गरेको छैन । मन्त्री परिषदमा काम गर्दा उनी ६ वर्ष रक्षामन्त्री पनि बनेकी थिइन् ।

५. मार्या बार्रा
मार्या बार्रा जनरल मोटर्सकी सीईओ हुन् । इलेक्ट्रिक्स गाडी, स्वचालित कार लर माभेनमा उनले अर्बौँ लगानी गरेकी छिन् । जनरल मोटर्स कम्पनी लैंगिक समानतामा सन् २०१८ मा विश्वको एक स्थानमा रहेको थियो ।

६. मेलन्डा गेट्स
मेलन्डा गेट्स बिल एण्ड मेलन्डा गेट्स फाउन्डेसनकी उप– प्रमुख हुन् । सन् २००२ मा खोलिएको च्यारिटी फाउन्डेसन ४० बिलियन अमेरिकी डलरको भइसकेको छ । विश्वव्यापी रुपमा शिक्षा र गरिबीमा देखिएका चुनौतीहरुलाई समाधान गर्न उनी लागि परिरहेकी छिन् ।

७. अबिगेल जोनसन
अबिगेल अमेरिकन अरबपति व्यापारी हुन् । सन् २०१४ देखि उनी अमेरिकन इन्भेस्टमेन्ट फर्मको अध्यक्ष तथा सिइओ रहेकी छिन् ।

८. अना पेट्रिसिया बोटिन
बोटिन सान्टन्डर कम्पनीकी कार्यकारी अध्यक्ष हुन् । सन् २०१४ मा उनको बुवाको मृत्युपछि उनी सान्टन्डर बैंकिङ्ग कम्पनीकी कार्यकारी अध्यक्षको पद सम्हालेकी थिइन् ।

९. गिन्नी रोमेट्टी
गिन्नी कम्प्युटर हार्डवेयर कम्पनी आइबीएमकी सिइओ हुन् । आइबीएम विश्वको पहिलो कम्प्युटर हार्डवेयर कम्पनी हो । आइबीएमको नेट वर्थ ११५ बिलियन अमेरिकन डलर रहेको छ ।

१०. मर्लिन हेवसन
मर्लिन हेवसन लकहिड मार्टिनको सीइओ हुन् । उनी सन् २०१३ मा सीइओ बनेकी थिइन् । हेवसनले हवाइमार्ग, सुरक्षा र प्रविधिको मामिलामा रक्षा कम्पनीलाई निकै सहयोग गरेकी थिइन् ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्