Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

२७ फागुन,काठमाण्डौ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा बढ्दै गइरहेको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार एकैदिन तोलामा १८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ८२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारको यो मूल्य हालसम्मकै उच्च हो । बिहीबार छापावाला सुन प्रतितोला ८० हजार ७ सय रुपैयाँमा कारोबार गरेर नयाँ रेकर्ड कायम गरेको थियो । बुधबार तोलाको ८० हजार ५ सय रुपैयाँमा सुनले नयाँ रेकर्ड बनाएको थियो ।

दैनिकरुपमा सुनले नयाँ नयाँ रेकर्ड बनाइरहँदा बजार कारोबार भने ठप्प भएको छ । नेपाली बजारमा विवाहको सिजन भएपनि कारोबार बन्द जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्