Logo

मानव इतिहासकै धनाढ्य व्यक्ति, जसको सम्पत्तिको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन !



Spread the love

एजेन्सी । अमेजन कम्पनीका सीईओ जेफ बेजोस विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् । हामीलाई यो पनि थाहा छ कि बेजोसभन्दा अगाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स धेरै वर्षसम्म विश्वको एक नम्बर धनाढ्य थिए । समयसंगै नयाँनयाँ धनाढ्यहरु थपिन्छन् र धन सम्पत्तिमा पुरानालाई पछि पार्दछन् । तर मानव इतिहासमा एकजना यस्ता व्यक्ति थिए, जसको धन सम्पत्तिको कीर्तिमान हालसम्म कसैले तोड्न सकेको छैन । उनको सम्पत्ति यतिधेरै थियो कि त्यसको आकलन गर्न पनि गाह्रो थियो ।

मानव इतिहासकै सबैभन्दा धनी मानिने ती मानिसको नाम हो–मनसा मुसा प्रथम ।उनी तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए । ती राजाले शासन गर्ने समयमा मालीमा सुनको विशाल भण्डार थियो । मनसाको सम्पत्ति यतिधेरै थियो कि त्यसको हरहिसाब र अनुमान गर्न पनि गाह्रो थियो । आफ्नो २५ वर्षे शासनकालमा उनले कैयन् मस्जिदको निर्माण गराए ।

मनसा मुसाले सन् १२८० देखि १३३७ सम्म शासन गरेका थिए । निकै समृद्ध राज्यका राजा भएका उनले शक्तिशाली सैनिक तयार गरी विभिन्न २४ वटा राज्यहरूलाई पराजित गरी आफ्नो देशमा समाहित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्