Logo

संसारको सबैभन्दा डरलाग्दो बिरालो, जसको २२ हजार भन्दा बढी इन्स्टाग्राममा फलोअर्स !



Spread the love

एजेन्सी । सामाजिक संजालमा आजकाल जनावरसम्बन्धि विभिन्न भिडियो तथा फोटोहरु देख्न पाइन्छ, जो कति त क्युट हुन्छन् भने कुनै त डरलाग्दो पनि ।

हामी एउटा यस्तो बिरालोबारे कुरा गर्दैछौं जुन झट्ट हेर्दा निक्कै डरलाग्दो छ । स्विटजरल्याण्डको रुटी शहरमा बस्ने जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पनि छ जसमा २२ हजार बढी फलोअर्स छन् । उक्त बिरालोको हरेक फोटोमा हज्जारौं लाइक्स पनि आउँछन् ।

लगभग सबैजसो बिरालोको शरीरमा नरम रौं हुन्छन् जसका कारण यी सुन्दर देखिन्छन् तर यो बिरालोको शरीरमा रौं नभएका कारण यो डरलाग्दो देखिएको हो । बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी आफ्नो बिरालोलाई धेरै माया गर्छिन् ।।

प्रतिक्रिया दिनुहोस्