Logo

प्रेमिकालाई प्रभावित पार्न प्रेमीले चोरे ८ मोटरसाइकल



Spread the love

एजेन्सी। प्रेमिकालाई प्रभावित पार्न क्रममा आठ वटा मोटरसाइलक चोरेका एक युवक पक्राउ गरिएको छ । उनकी प्रेमिकाले बाइक नभएको भन्दै गिज्याएपछि ती युवकले यस्तो कदम उठाएको बताए ।

अडिटी सेन्ट्रलका अनुसार ललित नामका ती व्यक्तिले प्रेमिकालाई प्रभावित पार्न नयाँ दिल्लीमा विभिन्न पार्टीको आयोजना गर्ने गर्थे । तर गत महिना भ्यालेन्टाइन्स डेमा प्रेमिकाले उनलाई आफ्नै मोटरसाइकल नभएको भन्दै गिज्याइन् । उनले भनेको सही थियो तर प्रेमीलाई उनको कुराले घोच्यो तसर्थ आफ्ना साथीसँग मिलेर ललितले प्रेमिकाका लागि एउटा होइन थुप्रै मोटरसाइकल ल्याउन सक्छु भनेर देखाउने निश्चित गरे । तर, दुर्भाग्यवश उनको यो योजनाले उनलाई जेलसम्म पुर्‍यायो ।

यी दुईले आफ्नो अपराध स्विकार गर्दै आफूहरुले विभिन्न स्थानबाट ८ वटा मोटरसाइकल चोरेको पुलिसलाई जानकारी दिए । किन यस्तो अपराध गरेको भनेर प्रश्न सोध्दा, ललितले आफ्नी प्रेमिकालाई प्रभावित पार्न यस्तो गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्