Logo

कोरोनाबाट जोगिन भगवानको मूर्तिलाई समेत मास्क !



Spread the love

एजेन्सी । विश्व नै फैलिरहेको कोरोनाभाइरसबाट प्रभावित भईरहेको बेला भारतको उत्तर प्रदेश राज्यस्थित वाराणसीमा एउटा मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका छन् । वाराणसीस्थित पहलादेश्वर महादेव मन्दिरका पुजारी कृष्णा आनन्द पाण्डेका अनुसार देशै भरि कोरोनाभाइरसको प्रभाब पर्न थाले पछि मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको हो ।

उक्त मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ । मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्