Logo

केही रोचक तथा रमाइला तथ्यहरु !



Spread the love

एजेन्सी। छाताको कथा- प्राचीन कालमा कतिपय समाजमा त छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियत समेत दर्शाउने गथ्र्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म किटानी भन्न सकिने स्थिति छैन ।
सबैभन्दा बढी बच्चा हुने राष्ट्रपति
अमेरिकी इतिहासमा हेर्ने हो भने बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलर (John Tyler) को नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।
यो बर्बादी !
बितेको २५ वर्षभित्रमा यस संसारका एक तिहाई प्राकृतिक स्रोतहरु नष्ट भइसकेका छन् । यसो हुनुको मूल कारण चाहिँ विश्वमा अनियन्त्रित रुपमा बढ्दो जनसंख्या र प्रकृतिमाथि मानिसको अन्धधुन्ध हमला नै हो ।
उल्लूको अर्थ बुद्धिमान पनि !
हाम्रोतिर उल्लूको अर्थ हुन्छ, मूर्ख, बुद्धू ! त्यसैले उल्लू (Owl) को अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर प्राचीन ग्रीकमा भने उल्लूलाई बुद्धिको देवताको रुपमा लिने गरिन्थ्यो । किनकी रात्रिचर यस प्राणीले बालीनालीमा लाग्ने कीरा फट्यांग्राहरु खाएर कृषकहरुलाई मद्दत गर्ने भएकोले यसलाई बुद्धिको देवताको रुपमा लिन्छन् ।
नखाई ६ महिना बाँच्ने जीव
एउटा ह्वेलले एक दिनमा करीब ३ टनसम्म भोजन गर्न सक्छ भने उसले ६ महिनासम्म केही नखाइकन पनि बस्न सक्छ ।
उभिएरै सुत्ने प्राणी
घोडा यस्तो विचित्रको प्राणी हो, जुन उभिएरै पनि निदाउन सक्छ ।
बालुवाको पहाड
अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई त १४०० फुटसम्मका पनि हुन्छन् ।
चुलुबले औंला
हाम्रो शरीरमा औंला यति महत्वपूर्ण हिस्सा हो, यसलाई नियन्त्रण गर्न हाम्रो मस्तिष्कले अधिकांश समय खर्च गरिहेको हुन्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कले जति समय खर्च गर्छ, त्यति समय छाती र पेटलाई नियन्त्रण गर्न पनि लाग्दैन ।
यसरी बन्छ दूधबाट दही
दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्