Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

६ चैत, काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य हिजो बुधबार १ हजारले उकालोको थियो भने आज बिहिबार १५ सयले ओरालो लागेको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहिबार तोलामा १ हजार ५ सयले घटेर ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्