Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

८ चैत, काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य हिजो शुक्रबार १५ सयले ओरालो लागेको थियो भने आज शनिबार स्थिर रहेको छ ।

शुक्रबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शनिबार तोलामा ७५ हजार ५ सय रुपैयाँमा स्थिर रहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार २  सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो शुक्रबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको आज शुक्रबार चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्