Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

९ चैत, काठमाडौँ । डेढ महिना अघिदेखि लगातार उकालो लागि रहेको सुनको मूल्य हिजो शनिबार १ हजारले उकालो लागेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्