Logo

न्यूजिल्याण्डका अस्पताल कोरोना संक्रमित बिहीन



Spread the love


एजेन्सी । न्यूजिल्याण्डको सरकारले न्यूजिल्याण्डको अस्पतालमा कुनै पनि कोरोना संक्रमित नरहेको बताएको छ ।

कोरोना विरुद्धको लडाइँमा न्यूजिल्याण्ड विजयी भएको छ ।

न्युजिल्याण्डको स्वास्थ्य विभागले कोरोनाको अन्तिम बिरामी मंगलबार बेलुका अस्पतालबाट डिस्चार्ज भएको र अरु कुनै पनि संक्रमित नरहेको जानकारी दिएको छ ।

न्यूजिल्याण्डमा मे महिनामा एक पनि संक्रमित भेटिएका छैनन् । न्यूजिल्याण्डमा ४ लाख २० हजारभन्दा धेरै मानिसले सरकारी कन्ट्याक्ट ट्रेसिङ्ग एपको प्रयोग गरिरहेका छन् ।

स्वास्थ्य विभागका अधिकारीहरु कोरोनाको महामारी रोक्न सफल भएकोमा आश्वस्त भएको बताउँछन् । अब न्यूजिल्याण्डको सामु समस्या सीमानालाई लिएर रहेको छ । न्यूजिल्याण्डले अप्रिलमा सीमा खुला गर्ने छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जासिण्डा आर्डेनको सबल नेतृत्वलाई लिएर विश्वभर चर्चा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्