Logo

कोरोना अपडेटः विश्वमा कहाँ के भइरहेछ ?



Spread the love

एजेन्सी । चीनको बुहानबाट सुरु भइ कोरोना भाइरस विश्वभर फैलिएको छ । सारा विश्व कोरोनाको सन्त्रासमा रहेको छ । आउनुहोस् जानौँ, विश्वमा कहाँ के भइरहेको छ ।

१ विश्वभर कोरोना भाइरसबाट ६६ लाख ८८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ३ लाख ५० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

२.अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित भएको छ । यहाँ १६ लाख ८० हजारभन्दा धेरै संक्रमित रहेका छन् भने करिब ९९ हजारको ज्यान गएको छ ।

३. संक्रमणको हिसाबले विश्वको दोस्रो हिसाबमा ब्राजिल रहेको छ । ब्राजिलमा कोरोना भाइरसबाट ३ लाख ९१ ह्जारभन्दा बढी संक्रमित भइसकेका छन् । यसै गरी ब्राजिलमा २४ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ ।

४.रुसमा कोरोना भाइरसबाट ३ लाख ६२ हजार संक्रमित भएका छन् । संक्रमणको हिसाबले रुस विश्वको तेस्रो देशमा रहेको छ । यहाँ ३, ९०७ जनाले ज्यान गुमाइसकेका छन् ।

५. बेलायतमा ३७ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने २ लाख ६६ हजारभन्दा बढी संक्रमित रहेका छन् ।

६.ब्राजिलमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या बढिरहेको छ । ब्राजिलमा अन्य देशको तुलनामा मृत्युदर अत्याधिक रहेको छ । एक शोधका अनुसार अगस्टसम्म ब्राजिलमा २५ हजारभन्दा बढीको ज्यान जान सक्नेछ ।

७. अमेरिकी राष्ट्रपति बाराक ओबामाले अर्थव्यवस्था सूचारु गर्ने कुरामा जोड दिएका छन् ।
८.विश्व स्वास्थ्य संगठनले दोस्रो चरणको संक्रमण भनी सबैलाई सावधान रहन चेतावनी दिएको छ ।विश्वका विभिन्न देशमा लकडाउन खुकुलो बनाउन थालिएको छ ।

९. साउदी अरेबियामा शुक्रबारको नमाजको लागि मस्जिद खोल्न अनुमति दिएको छ ।

१०. गुगलले ६ जुलाइबाट अफिस खोल्ने योजना बनाएको छ ।

११. चिलीका अस्पतालका सबै आईसीयु बेड बिरामीले भरिएका छन् ।

१२.जर्मनीले सामाजिक दुरीको नियमा जुन २९ सम्म बढाएको छ ।

१३. जुन २२ बाट न्यूजिल्याण्डमा स्कुल र अफिस खोलिने छ ।

१४. जर्मनीमा कोरोना भाइरसका एक्टिभ केस दश हजारभन्दा कम रहेका छन् ।

१५.डब्ल्यूएचओका अनुसार विश्वभर १२० भन्दा बढी भ्याक्सिन विकसित हुँदैछ ।

१६.साउथ कोरिया, जर्मनी, नर्वे, आइसल्याण्ड, डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले कोरोना भाइरसविरुद्धको लडाइँमा सफल भएका छन् । यी सबै देशमा महिलाले नेतृत्व गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्