Logo

भारतलाई अस्करमा पुर्याउने पहिलो निर्देशक मेहबुब खान



Spread the love


एजेन्सी । बलिउड प्रतिभावान् कलाकार तथा निर्देशकले भरिएको छ । मेहबुब खान ती निर्देशक हुन् जसले भारतलाई सर्वप्रथम अस्करको यात्रामा सामेल गराएका थिए ।

मेहबुब खान निर्देशक तथा निर्माताको रुपमा प्रख्यात थिए । तर उनको सपना कलाकार बन्ने थियो । मेहबुब मुम्बइमा कलाकार बन्ने सपना लिई आएका थिए । तर, उनको भाग्यमा अर्कै लेखिएको थियो ।
मेहबुबले आफ्नो करिअरमा धेरै हिट फिल्म बनाए । मदर इण्डिया उनको करिअरको लागि कोशेढुङ्गा सावित भयो ।

प्रस्तुत चलचित्रमा सुनिल दत्त र नर्गिस प्रमुख भूमिकामा देखिएका थिए । महबुब खानको निर्देशनले गर्दा नै प्रस्तुत चलचित्र सन् १९५८ मा सिनेमा क्षेत्रको प्रतिष्ठित अवार्ड अस्करमा मनोनित हुन पुगेको थियो । यद्यपि चलचित्रले अस्कर भने जित्न सकेन ।अस्कर जित्न नसके पनि सारा विश्वको ध्यान बलिउडमा परेको थियो । उक्त चलचित्रपछि भारतमा निकै राम्रा चलचित्र बन्न थाले ।

मदर इण्डियाकाे छायांकनकाे क्रममा

मेहबुब खानले ३० सालको फिल्मी करिअरमा २४ चलचित्रको निर्देशन गरे । यीमध्ये मदर इण्डिया सबैभन्दा धेरै चर्चामा रह्यो । यसका साथै वतन, औरत, तकदिर, अनमोल घडी, अन्दाज, आन और अमरजस्ता उत्कृष्ट चलचित्र पनि बनाएका थिए ।

निकै कम मानिसलाई थाहा छ की महबुब खान निर्देशक नभइ कलाकार बन्न चाहन्थे । १६ वर्षको उमेरमा उनी घरबाट भागेर अभिनय गर्नको लागि मुम्बइ आएका थिए । तर, जब उनका बुवाले यस बारेमा थाहा पाएपछि मेहबुबलाई घर फिर्ता लिएर आए ।

उनी घर आएपनि कलाकार बन्ने सपना मनमै थियो । समय बित्दै गयो । मेहबुब २३ वर्षको भएपछि फिल्म उद्योगका एक जानकारसँग मुम्बइ आएका थिए । उनले सुरुमा कामको रुपमा घोडाको नाल ठोक्ने काम गर्थे ।

प्रतिक्रिया दिनुहोस्