Logo

लकडाउनले बिछडिएको परिवारलाई मिलाइदियो, २१ वर्षपछि क्वारेन्टाइनमा भेटिए श्रीमान



Spread the love

एजेन्सी । लकडाउनले गर्दा मानिसहरु अनेक समस्यामा जुधिरहेका छन् । तर कसैको लागि भने लकडाउन अमूल्य भएको छ । ४२ वर्षीय भारतीय नागरिक उर्मिला देवीको लागि बिहीवार खुशीको बहार थियो । उनले २१ वर्षपछि आफ्ना श्रीमान् सुरेश प्रसादसँग भेट्ने मौका पाइन् ।

सुरेश ने 21 साल पहले छोड़ दिया था अपना घर

उर्मिलाका अनुसार २१ वर्ष पहिला उनका श्रीमान बेलुका नास्ता गरेपछि घुम्न निस्किएका थिए । त्यसपछि उनी घर फर्किएर आएनन् । केही वर्ष पहिला उर्मिलालाई चिठी आएको थियो । उक्त चिठीमा उनका श्रीमानले दिल्लीको चाँदनी चोकमा आफू रहेको र खोज्ने प्रयास नगर्नु भनी लेखेका थिए । उर्मिलाका दुई छोरा र दुई छोरी छन् । दुई छोरीको विवाह पहिला नै भइसकेको छ । दुई छोराको पढाइ चलिरहेको छ । उर्मिलाले पार्ट टाइम नोकरी गरेर घर चलाइरहेकी छिन् ।

आफ्ना पति हराएपछि उर्मिलालाई निकै गाह्रो भएको थियो । तर, उनले आफ्ना बच्चाहरुलाई हेरेर हिम्मत जुटाइन् र निकै सङ्घर्षका साथ बच्चाहरु हुर्काइन् । उनले बच्चाहरुलाई कहिल्यै पिताको महसुस हुन दिइनन् ।

उनले बीचमा पति सुरेशको खोजी पनि गरिन् तर, भेट्न सकिनन् । उर्मिलाका अनुसार उनका पति कुली, कबाडी र रिक्सा चलाउने काम गर्थे । बिहीवार आसनसोलबाट कन्यापुरमा प्रवासी मजदुरहलाई क्वारेन्टाइनमा राखिएको थियो । उर्मिलाले त्यहीं नै आफ्ना श्रीमानसँग भेटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्