Logo

भतिजीको यौन उत्पीडनमा नवाजुद्यीन सिद्यीकीकी पत्नी बोलिन्– ममात्र एक्ली छैन



Spread the love

एजेन्सी । नवाजुद्यीन सिद्यीकी केही समयबाट आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहेका छन् । हालचाल ईण्डिया टाइम्सलाई दिएको अन्तरवार्तामा नवाजकी भतिजीले आफ्नो अंकल नवाजले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । नवाजकी पत्नी आलियाले ममात्र नभइ अरु पनि हिंसामा परेको बताएकी छिन् ।

नवाजुद्यीन सिद्यीकीकी भतिजीले यौन दुव्र्यवहारको गम्भीर आरोप आएपछि नवाजकी पत्नी आलियाले ट्वीट गर्दै लेखेकी छिन्, ‘ यो त मात्र सुरुवात हो । अहिलेसम्मको साथको लागि भगवानप्रति आभारी छु । अझै धेरै कुरा दुनियाँले देख्न बाँकी नै छ । अब देख्न सकिन्छ की पैसाले कत्तिको सत्य किन्न सक्दछ ।’

भतिजीले लगाएको आरोप

नवाजकी भतिजीले दिल्लीको जामिया प्रहरी स्टेशनमा केस दर्ता गरेकी थिइन् । उनले इण्डिया टाइम्ससँग बोल्दै भनिन्,‘ जब म ९ वर्षकी थिएँ तब म मेरा चाचाको यौन उत्पीडनमा परेकी थिएँ । मैले केस पनि हालेकी थिएँ । म २ वर्षको छँदा मेरा बुवाआमाको डिभोर्स भएको थियो । मेरी सौतेनी आमाले मलाइ निकै अत्याचार गर्थिन् । बच्चा बेलामा मलाइ अंकलले गरेको व्यवहार थाहा पाइन तर जब म ठुली भएँ तब मैले बुझेँ, त्यो हिंसा थियो । ’

बलिउडका अभिनेता नवाजुद्यीनकी पत्नी आलियाले डिभोर्स मागेकी छिन् । आलियाले नवाज र उनको परिवारलाई अनेक गम्भीर आरोप लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्