Logo

भारतमा काेराेना संक्रमितको संख्यामा दैनिक वृद्धि



Spread the love


एजेन्सी । भारतमा कोरोनाको कहर बढिरहेको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९,३०४ रहेको छ भने २६० जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा संक्रमित हुनेहरुको संख्या २,१६,९१९ पुगेको छ भने ६,०७५ जनाले ज्यान गुमाएका छन् ।

निको भइ घर फर्किनेहरुको संख्या १ लाख ४ हजारभन्दा धेरै रहेको छ । भारतमा १ लाख ६ हजारभन्दा धेरै एक्टिभ केस रहेका छन् ।

भारतमा कोरोनाको परीक्षण बढाइएको बताइएको छ ।

भारतीय वैज्ञानिकहरुले कोरोना भाइरस २०१९ बाटै फैलिएको बताएका छन् । भारतमा सर्वप्रथम कोरोनाको संक्रमण जनवरी ३० मा देखिएको थिया

प्रतिक्रिया दिनुहोस्