Logo

भारतमा काेराेना संक्रमितकाे संख्यामा वृद्धि



Spread the love
Coronavirus cases in Andhra Pradesh cross 1000-mark | Deccan Herald


एजेन्सी । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि भएको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ९,८५१ जना संक्रमित भएका छन् भने २७३ जनाले ज्यान गुमाएका छन् ।

बुधबार भारतमा संक्रमित हुनेको संख्या ९,३०४ थियो ।

भारतमा कोरोना भाइरसबाट २,२६,७७० जना संक्रमित भइसकेका छन् भने ६,३४८ जनाले ज्यान गुमाएका छन् ।

१ लाख ९ हजारभन्दा धेरै निको भइ घर फर्केका छन् । भारतमा अहिलेसम्म ४३ लाख ८६ हजारभन्दा धेरै नमुना परीक्षण भइसकेको छ ।

महाराष्ट्र, गुजरात, दिल्लीजस्ता प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्