Logo

दक्षिण अफ्रिकादेखि टर्कीसम्म कोरोनाको मार



Spread the love


एजेन्सी । बितेको २४ घण्टामा दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट ३,२६७ जना संक्रमित भएका छन् । यससँगै दक्षिण अफ्रिकामा संक्रमित हुनेहरुको संख्या ४०,७९२ पुगेको छ ।

दक्षिण अफ्रिकामा ८४८ जनाले ज्यान गुमाइसकेका छन् ।

उता टर्कीले १५ शहरमा लकडाउन गर्ने घोषणा गरेको छ । टर्कीको गृह मन्त्रालय अनुसार लकडाउनको बेलामा केही बेकरी र दुकान खुला रहने छन् । टर्कीमा संक्रमित हुनेहरुको संख्या १,६७,४१० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्