Logo

भारतमा कोरोना संक्रमणदर र मृत्युदर बढ्यो



Spread the love

एजेन्सी । भारतमा कोरोना संक्रमणको दर र मृत्युदर बढेको छ । बितेको २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ९,८८७ जना संक्रमण भएका छन् भने २९४ जनाको ज्यान गएको छ ।

बिहीबार भारतमा कोरोना भाइरसबाट ९,८५१ जना संक्रमित भएका थिए भने २७३ जनाको ज्यान गएको थियो ।

कोरोना भाइरसबाट भारतमा २ लाख ३६ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६,६४२ जनाको ज्यान गइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट १ लाख १४ हजार निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्