Logo

दिनमा डाक्टर रातिमा र्यापर



Spread the love

एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ । दिनमा डाक्टरको रुपमा काम गने अनि रातिमा गायिकाको रुपमा । तर यो घटना साँचो हो ।

नामिबियाकी एक डाक्टर कोरोनाको समयमा दिनभर डाक्टरको रुपमा काम गर्छिन् भने रातभर गीत गाउँछिन् । ती डाक्टर हुन् लाटोया ममबोला ।

उनलाई र्यापकाे दुनियाँमा भनेर पनि चिन्ने गरिन्छ ।

लिओनेस भन्छिन्, ‘नामिबियामा डाक्टरको संख्या कम छ । मलाइ बिरामीको सेवा गर्न मन लाग्छ । म मानिसको सेवा गर्नको लागि नै डाक्टर बनेकी हुँ । हामीले डबल सिफ्टमा काम गर्नुपर्ने हुन्छ । रातिमा मलाइ फुर्सद हुने भएकाले रातिमा गीत गाउने गर्छु । ’

उनले आफ्नी बैनी म्यूजिक प्रोड्युसर भएकी र म्यूजिकको क्षेत्रमा उसले आफूलाई आकर्षित गरेकी पनि बताएकी छिन् ।

नामिबियामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या निकै कम रहेको छ । यहाँ मार्चमा लगाइएको लकडाउन बिस्तारै खुकुलो बनाउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्