Logo

अनुहारमा ६० हजार माैरी राख्ने कृषक



Spread the love

एजेन्सी । भारतका एक मौरीपालकले मौरीलाई निकै विश्वास गर्छन् । उनले आफ्नो अनुहारमा ६० हजार मौरी बस्नको लागि दिन्छन् ।

उनी नेचर एम.एसका नामले चिनिन्छन् । उनले मौरीलाई नजिकको साथी ठान्छन् ।

२४ वर्षीय नेचर एम.एस केरलाका हुन् । उनले सात वर्षको उमेरदेखि नै आफ्नो अनुहारमा मौरी राखिरहेका छन् ।

उनले लामो समयसम्म अनुहारमा मौरी राखेर गिनिजबुकमा नाम पनि राखेका छन् । उनले चार घण्टा, दस मिनेट र पाँच सेकेण्डजति अनुहारमा मौरी राखेका थिए ।

यद्यपि अनुभवी मौरीपालकहरुले मौरीले टोक्दा एलर्जी हुने बताउँछन् । तर, उनलाई भने केही पनि हुँदैन । उनले आफूले कुनै गल्ती नगर्दा मौरीले कहिल्यै केही नगर्ने बताउँछन् ।

उनका बुबा पनि मौरीपालक नै हुन् । उनी बुवाबाटै मौरीप्रति यसरी आकृष्ट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्