Logo

कोरियोग्राफर सरोज खानको निधन



Spread the love


एजेन्सी । बलिउडकी प्रख्यात कोरियोग्राफर सरोज खानको निधन भएको छ । उनको मृत्यु ७१ वर्षाको उमेरमा हृदयघातकाे कारणले भएकाे हाे ।

उनी बितेको केही समयदेखि बिरामी थिइन् । २० जुनमा उनलाई सास फेर्न गाह्रो भएपछि मुम्बइको बान्द्रास्थित गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो ।

भारतीय मिडियाका अनुसार गएराति उनलाई गुरु अस्पतालमै उनलाई हृदयघात भएको थियो ।
सरोज खानको अन्तिम संस्कार मुम्बइको मलाड क्षेत्रको मालवाणी चिहानमा हुनेछ ।

सरोज खानलाई भारतीय फिल्म इन्डस्ट्रीमा दिग्गज नृत्य निर्देशकको रुपमा लिने गरिन्छ । उनले आफ्नो करिअर असिस्टेन्ट कोरियोग्राफरको रुपमा सुरु गरेकी थिइन् । सन् १९७४ मा फिल्म गीता मेरा नामबाट पहिलो पटक स्वतन्त्र रुपमा कोरियोग्राफर गरेकी थिइन् ।

उनले २००० भन्दा धेरै गीतको कोरियोग्राफर गरेकी छिन् ।

तेजाब फिल्मको गीत एक–दो–तीन, देवदासको डोला रे र जब वी मेटको गीत ये इश्क हायजस्ता गीतबाट उनले प्रशिद्धी कमाएकी थिइन् ।

सरोज खानले अन्तिमपटक कलंक फिल्ममा काम गरेकी थिइन् ।

कोरियोग्राफरकी दिग्गज सरोजले तीनपल्ट उत्कृष्ट कोरियोग्राफीको राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

उनको मृत्युमा अक्षय कुमार, अमिताभ बच्चन लगायतका विभिन्न कलाकारहरुले श्रद्धाञ्जलि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्