Logo

कोरोेनाबाट बच्न सुनको मास्क



Spread the love

शंकर कुराडे

एजेन्सी । कोरोना भाइरसबाट बच्नका लागि विश्वभर विभिन्न किसिमका मास्कहरु उत्पादन गरिएको छ । एक जना भारतीय नागरिकले कोरोना भाइरसबाट बच्नको लागि सुनको मास्क बनाएका छन् । उक्त मास्कको मूल्य झण्डै ४ लाख ६२ हजार नेपाली रुपैयाँ रहेको छ ।

भारतको महाराष्ट्र प्रदेशको पुणे जिल्लाका शंकर कुराडेले सुनको मास्क बनाइ लगाएका हुन् । उनले बनाएको मास्कमा झण्डै ५० ग्राम सुनको प्रयोग गरिएको छ ।

सुनको शौखिन शंकर अगिपछि पनि सुनका विभिन्न गहनाहरु लगाइरहेका हुन्छन् । उनकाे शरीरमा झण्डै ३ किलाेका गहनाहरू हुन्छन् ।

भारतमा कोरोना भाइरसबाट साढे ६ लाखभन्दा धेरै संक्रमित भएका छन् भने २२ हजारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्