Logo

बलिउडका दिग्गज कलाकार जगदीपको निधन



Spread the love


एजेन्सी । बलिउडका दिग्गज कलाकार जगदीको ८१ वर्षको उमेरमा निधन भएको छ । भारतीय मिडियाहरुले उनी लामो समयदेखि बिरामी रहेको बताएका छन् ।

उनको खास सैयद इश्तियाक अहमद जाफरी थियो । जगदीप बलिउडको एक अभिन्न अंग थिए । विशेष गरी उनलाई सोले फिल्ममा सूरमा भोपालीको अभिनयलाई निकै मन पराइएको थियो ।

जगदीपको निधनले बलिउड स्तब्ध भएको छ । बलिउडका लागि यो साल निकै खराब रहेको छ । बलिउडले पहिला नै इर्फान खान, ऋषि कपुर, सुशान्तसिंहजस्ता कलाकार गुमाइसकेको छ ।

जगदीपले लगभग ४०० फिल्ममा काम गरेका थिए । जगदीपले फिल्मको करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए ।

उनको निधनमा जोनी लिभर, आयुष्मान खुराना, अनुपम खेर, मनोज बाजपेयी लगायतका कलाकारहरुले श्रद्धान्जलि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्