Logo

“अभिनयमा रुची छैन ,राजनिती चल्ने शैलीबाट असन्तुष्ट छु” : श्रृङखला खतिवडा



Spread the love

‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्त्वपूर्ण काम के गर्नुपर्ला ?’ भनेर सोधिएको प्रश्नको उत्कृष्ट जवाफ दिँदै २८ चैत्र २०७४ को रात हेटौडाकी २२ वर्षीया श्रृंखला खतिवडा ‘मिस नेपाल वर्ल्ड २०१८’ को विजेता बनिन् ।विजेता बने सँगै उनको र समग्र सौन्दर्य प्रतियोगिताको चर्चा-परिचर्चाले सबैतिरको माहौल रंगीन बन्न पुग्यो ।

मिस नेपाल २०१८ श्रृङखला खतिवडाले मिस नेपालको उपाधि जिते सँगै मिस वल्डमा उनको चर्चा एकाएक चुलिएको थियो । किनकी यसअघि नेपालका कुनै पनि सुन्दरीहरु प्रेडिक्टरहरुको नजरमा परेका थिएनन् । यही कारण पनि मिस वल्डमा श्रृङखलाको चर्चा थप चुलिएको थियो । यसपटक मिस वर्ल्डमा श्रृंखलालाई कडा प्रतिस्पर्धीको रुपमा उभाइएको थियो। तर दुर्भाग्यबस उनी मिस वल्डको टप १२ बाटै बाहिरिइन् । प्रतियोगितामा सहभागी भएर ताज नजिते पनि सम्पूर्ण नेपालीको मन भने जितेकी छन्। साथै उनले हेड टु हेड च्यालेन्ज र ब्युटी विथ अ प्रपोज जस्ता दुई महत्वपुर्ण अवार्ड जितिन।

मिस वल्र्डको प्रतिष्पर्धा भरी निकै चर्चा कमाईन् । सुन्दरतासंगै बौद्धिकताको मामिलामा पनि अगाडी रहेकी श्रृङखलाको जस्तो चर्चा मिस वर्ल्डमा कुनै मिस नेपालको शायदै भयो होला। विश्वभरीका प्रेडिक्टरहरुको नजरमा श्रृङखला परेपछि नेपाल भन्ने देश छ भनेर सन्देश प्रवाह गर्न धेरै हदसम्म उनी सफल पनि भईन् ।

कतिपय देशका नागरिकले पनि श्रृङखलालाई मिस वर्ल्डको उपाधी जितेको हेर्न चाहेका थिए तर बिडम्बना त्यो हुन सकेन । पूर्व मिस नेपालहरुको सवालमा हेर्ने हो भने मिस वर्ल्ड यात्रा सकिए पछि उनीहरु अभिनयतर्फ होमिएका धेरै छन् । अधिकांश मिस नेपालहरुले फिल्मी क्षेत्रमा काम गरेका छन् ।

एपीवान एचडीसँग कुराकानीको क्रममा श्रृङखलाले आफूलाई अभिनेत्री बन्ने रहर नभएको बताइन् । उनी भन्छिन्, ‘मैले जुन विषयमा अध्ययन गरेको छु त्यही फिल्डमा काम गर्न चाहन्छु ।’ जब मलाई क्यामरा अगाडी बसेर एक्टिङ गर्दा मलाई खुसी नै मिल्दैन भने त्यो काम गर्ने कुनै रिजन नै छैन” । किनकी यो मेरो फिल्ड नै होईन ।

“जे मा खुसी मिल्छ त्यही काम नै गर्नु पर्छ” । राजनितीमा खासै रुची नभएको बताउँने श्रृङखला नेपालको पहिलो महिला प्रधानमन्त्री भने बन्न चाहन्छिन् । उनी भन्छिन् “प्रधानमन्त्री बन्ने सपना त हो तर म कुनै पार्टी प्रबेश गर्ने रहर पनि छैन किनकी मलाई थाहा छ पार्टी कसरी चल्छ , मलाई थाहा छ सिस्टम कसरी चल्छ” ।

“मलाई त्यो सिस्टममा बाधिँनु पनि छैन । मलाई कुनै पनि धाँगोमा बटारिनु छैन”। उनी अगाडी भन्छिन् “प्रधानमन्त्री नै बन्नु मेरो लक्ष्य पनि होईन बस म मेरो देश र समाजका लागि केही गर्न चाहान्छु” । प्रधानमन्त्री बन्न राजनितीक पार्टी प्रबेश गर्नु नै पर्छ तर यसको कुनै योजना छैन भन्दा के राजनितीप्रति तपाईको बितृष्ण हो ? भन्ने  प्रश्नमा उनले राजनितीप्रति बितृष्णा नभई राजनिती जुन हिसाबले चल्छ त्यसमा आफुलाई असन्तुष्टी रहेको उनको भनाई छ ।

उनी भन्छिन् “मिस नेपाल जित्दा मैले भर्खर भर्खर चुनाव सकिएको थियो त्यो बेला म निकै उत्साहित थिए । सायद अब देशले कोल्टे फेर्देछ । अब छिट्टै परिवर्तन आउँछ भनेर निकै आसावादी थिए । झण्डै आँठ नौँ महिना बित्दा त्यो आसा चाही अलिक छैन । बर्तमान देशको अवस्थामा निरासा नै नभएपनि बहुमतको सरकारले जति गर्छ भन्ने आसा थियो त्यो चाही पुरा नभएको उनको भनाई छ ।

आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी उनले आफूले अध्ययन गरेको विषयमा नै करिअर अगाडि बढाउने बताएकी छन् । एपीवान एचडीसँग कुराकानीको क्रममा उनले आफूलाई अभिनेत्री बन्ने रहर नभएको बताइन् । उनी भन्छिन्, ‘मैले जुन विषयमा अध्ययन गरेको छु त्यही फिल्डमा काम गर्न चाहन्छु ।’

Image result for shrinkhala khatiwada

उनी फिल्म गर्ने कुरालाई निषेध गर्दै भन्छिन्, ‘मेरै लाइफको स्टोरीमा ५० वर्षपछि फिल्म बन्यो भने गेस्ट रोल गर्छु होला नभए अभिनेत्रीकै रुपमा चाहिँ म आउँदिनँ । मलाई क्यामेरा अगाडि बसेर खुसी नै मिल्दैन भने म त्यो गर्दै गर्दिनँ । हामीलाई जेमा खुसी लाग्छ त्यही गर्नु पर्छ ।’

यो पनि हेर्नुहोस्:

.मिस नेपाल श्रृंखला खतिवडाको ‘मिस वर्ल्ड’ तयारी

२.शृंखला खतिवडाको मिस वर्ल्ड यात्रा सुखद बन्दै , जित्ने सम्भावना प्रवल (फोटो फिचर)

३.शृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को सेमिफाइनलमा प्रवेश

४.श्रृङ्खला खतिवडा अन्तिम १२ बाट बाहिर

५.नेपालको भोटका कारण मिस वर्ल्डको सर्भर डाउन

 

प्रतिक्रिया दिनुहोस्