Logo

बेहुलाले विवाह मण्डपमै रक्सी खाएर आएपछि बेहुलीले दिन डिभोस…



Spread the love

भारतको विहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । बेहुलाले मदिरा सेवन गरेर मण्डपमा आएकै कारण बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन् l

रिन्की कुमारीको विवाह बब्लु कुमारसँग हुने तय भएको थियो । बेहुलीका बाबु त्रिभुवन साहले भने ‘बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’

स्थानीयहरूका अनुसार, बेहुला यति मातेको थियो कि उनी बिहेको मण्डपमा पनि राम्रो सँग उभिन सकेको थिएनन् l उनले बिहेका अरू संस्कार पनि ठिकसँग गर्न सकिरहेका थिएनन् त्यसैले बेहुलीले विवाह मण्डप छाडेर भागेकी हुन् l

कुमारीलाई विवाहका लागि दुवै परिवारले राजी गराउन चाहे तर उनी भने सहमत भइनन् । जब कुमारी विवाह गर्नका लागि असहमति जनाई तब स्थानीयहरूले केटा पक्षले लिएको सम्पूर्ण दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएनन् l

प्रतिक्रिया दिनुहोस्