Logo

एउटा ठाउँ, जहाँ कुकुर पाल्न लाइसेन्स अनिवार्य !



Spread the love

कुकुर घरपालुवा स्तनधारी जनावर हो । सिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् । जसलाई पाल्नका लागि नेपालमा कुनै लाइसेन्सको आवश्यक पर्दैन l

तर भारतको उत्तरप्रदेशस्थित गाजियावादमा यस्तो नियम बनाइएको छ l जहाँ कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्छ l

छाडा कुकुरको सङ्ख्या बढ्दै गएपछि र बाहिरी वातावरणमासमेत दुर्गन्ध फैलन थालेपछि उक्त क्षेत्रमा यस्तो नियम ल्याइएको हो l

गाजियावादका घरपरिवार जसले कुकुर पाल्न चाहन्छन् उनीहरूले अब नगर निगममा ५ जार भारतीय रुपैयाँ जम्मा गरेर लाइसेन्स लिनुपर्ने छ ।

लाइसेन्सविना उक्त क्षेत्रमा कुकुर पाल्न निषेध गरिएको छ । त्यस्तै कुकुरले सडक या पार्कमा दिशा पिसाब गरे भने पाँच सय भारतीय रुपैयाँ जरिवानासमेत दिनुपर्ने नियम पनि बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्