Logo

गंगुबाइ काठियावाडीकाे फर्स्ट लुक्स सार्वजनिक



Spread the love

एजेन्सी । संजय लीला भंसालीको निर्देशनमा बन्न लागेको चलचित्र गंगुबाइ काठियावाडीको फस्ट लुक सार्वजनिक भएको छ । प्रस्तुत चलचित्रमा आलिया भाट गंगुबाइ काठियावाडीको भूमिकामा देखिने छिन् ।

गंगुवाइ काठियावाडी चलचित्र सेप्टेम्बर ११ मा रिलिज हुनेछ । उक्त चलचित्र मुम्बइकी माफिया क्विन गंगुबाइ काठियावाडीको जीवनमा आधारित रहेर बनाइंदैछ । कथा भने पत्रकार हुसेन जैदीले  लेखेकाे किताब माफिया क्विन्स अफ मुम्बइबाट लिइएकाे हाे । गंगुबाइ काठियावाडी साठीको दशकमा मुम्बइकी सबैभन्दा शक्तिशाली महिला थिइन् । उनी लागुऔषधको व्यापारी र पेशेवार हत्यारा थिइन् ।

फिल्ममा काठियावाडीकाे भूमिकामा प्रियंका देखिने कुरा थियाे तर विशेष कारणवस उनकाे ठाउँ आलिया भाटले लिएकी छिन् । आलिया भाटले पहिलाे पटक भंसालीकाे फिल्ममा खेल्दैछिन् । देवदास, पद्मावत र बाजिराओ मस्तानीजस्ता सुपरहिट फिल्म बनाएका भंसालीकाे याे फिल्म पनि सुपरहिट हुनसक्ने शंका गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्