Logo

छपाकभन्दा तानाजी अगाडि



Spread the love

 

एजेन्सी । गएको शुक्रबार पर्दामा दुई ठुला चलचित्र आए । एकातिर दिपिका पादुकोण अभिनित एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनमा बनेको चलचित्र छपाक थियो भने अर्कोतिर ओम राउतले निर्देशन गरेको चलचित्र तानाजी । फिल्ममा अजय देवगन, सैफअली खान र काजोल मूख्य भूमिकामा रहेका छन् । सैफअली खान चलचित्रमा खलनायकको अभिनय गरेका छन् भने तानाजीको अभिनयमा अजय देवगन र काजोल उनकी पत्नीको रुपमा देखा परेकी छिन् । तानाजी चलचित्र अजय देवगणद्धारा अभिनित सयौँ चलचित्र हो ।

चलचित्रको रिलिज अगाडि नै दिपिका पादुकोणको अभिनय रहेको छपाकको निकै चर्चा चलेको थियो । कारण उनी दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा छात्राहरुमाथि भएको हमलाबारेमा छात्राहरुको समर्थन गरेकी थिइन् ।

भारतका चलचित्र समीक्षक तरन आदर्शका अनुसार छपाक चलचित्र भारतभरका १७०० अनि विदेशका ४६० हलमा लागेको थियो । यता तानाजी देशभरका ३८८० अनि विदेशका ६६०  हलको कुल हिसाब गर्ने हो भने छपाक २१६० हलमा देखाइएको छ भने तानाजीको ४५४० हलमा । तानाजीको हलको संख्या छपाकभन्दा दोब्बर भन्दा बढि रहेको छ ।

तानाजी चलचित्रमा अजय देवगण र पत्नी काजोल एघार वर्षपछि सँगै देखा परेका छन् । दिपिका जेएनयू पुग्ने बित्तिकै ब्योयकट छपाक ट्विटरमा ट्रेन्ड बनेको थियो । केही मानिसहरुले चलचित्रलाई बहिष्कार गर्नुपर्छ भन्दै सामाजिक सन्जालमा लेखेका थिए । । दिपिकाको विरोध भए पनि केही मानिसहरु उनलाई साथ दिएका छन् ।

छैटौँ दिनसम्म आइपुग्दा तानाजीले सय करोड भारु कमाएको छ भने छपाकले जम्मा २३.९२ करोड भारु जम्मा गर्न सकेको छ । छपाकले राम्रो कमाइ गर्ला भन्ने आशा सबैमा थियो तर आशा भनेजस्तो भएन । अब यी दुई फिल्मले भविष्यमा कति कमाउने हुन् त्यो हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्