Logo

पंगा र स्ट्रीट डान्सर थ्रीडीको एकदिनको कमाइ कति ?



Spread the love


एजेन्सी । कंगना रनावत अभिनित ‘पंगा’ र वरुण धवन र श्रद्धा कपुर अभिनित चलचित्र ‘स्ट्रीट डान्सर थ्रीडी’ यहीं शुक्रबार रिलिज भएका थिए ।

भारतीय चलत्रिका समीक्षक तरन आदर्शका अनुसार पंगाले पहिलो दिन जम्मा २ करोड ७० लाख भारु बनाउन सक्यो । यता स्ट्रीट थ्रीडीले भने पहिलो दिनमा १० करोड २६ लाख कमायो ।

आश्विनी तिवारीद्धारा निर्देशित चलचित्र पंगामा कंगना रनावत कबड्डी खेलाडीको भूमिकामा देखिएकी छिन् । पंगामा रनावत बाहेक रिचा चन्धा, नीना गुप्ता जस्सी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

स्ट्रीट डान्सर थ्रीडीमा वरुण धवन र श्रद्धा कपुरसँगै प्रभुदेवा र नोरा फतेहीको अभिनय रहेको छ । चलचित्रमा वरुण र श्रद्धालाई डान्सरको रुपमा देखाइएको छ । स्ट्रीट डान्सर थ्रीडी रेमो डीसूजाले निर्देशन गरेको तेस्रो चलचित्र हो । उनले यसभन्दा अगि एबीसीडी र यसकोे सिक्वेलमा निर्देशन गरेका थिए । बेलायतको स्ट्रीट डान्सर ग्रुपमा आधारित रहेर यस चलचित्र बनाइएको हो ।

अब बाँकीका दिनमा यी दुबै चलचित्रले के कति कमाउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्