Logo

प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड फेब्रुअरी १४ बाट सुरु हुने



Spread the love

 


काठमाडाैं । प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड फेब्रुअरी १४, १५ र १६ गते ऊल्लिएन्स स्कूल काठमाडौंमा आयोजना हुने भएको छ । प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड फेब्रुअरी १४ बाट सुरु हुने आयोजक संस्था योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालले जानकारी गराएको छ ।

ओलम्पियाडको लागि ७ वटै परदेशका आठ ठाउँमा रेजिओनल सेलेक्सन हुनेछ । प्रदेश ३ को रेजिओनल सेलेक्सन फेब्रुअरी १ मा काठमाडौँको किंग्स कलेज बिजुलीबजारमा हुनेछ ।

रेजिओनल सेलेक्सनबाट छानिएका ६० जना विद्यार्थीले प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाडमा भाग लिन पाउनेछन् ।

अर्थशास्त्र र बिजनेस एनलाइसेसमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गर्ने आयोजकले जनाएको छ ।
यसका साथै उत्कृष्ट ५ जनाले काजकिस्तानमा जुलाईमा हुन लागेको अन्तरक्रिया कार्यक्रममा भाग लिने अवसर समेत प्राप्त गर्नेछन् । उक्त प्रतियोगिता विश्वभरबाट छनोट भइ आउने प्रतिस्पर्धीबीच हुने आयोजकले जनाएको छ ।

‘प्रथम नेपाल इकोनोमिक्स ओलम्पियाड’ अर्थशास्त्र वित्तिय बिषयमा रुची राख्ने विद्यार्थीलाई हाल सम्मकै सबैभन्दा ठुलो अवसर र प्रतिस्पर्धा हो । यो केवल प्रतिस्पर्धा मात्र हैन विद्यार्थीलाई केही सिक्ने गरी आफ्नोे क्षेत्रमा लाग्न हौसला पनि हो ।

नेपालले अघिल्लो वर्ष रसियामामा भएको कार्यक्रममा पनि सहभागी जनाएको थियो । उक्त प्रतियोगितामा नेपालकी प्रतिस्पर्धी दीपशिखा श्रेष्ठले रजतपदक हात पारेकी थिइन् ।
कार्यक्रम योङ्ग इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गर्दैछ । संस्थाका संस्थापक अध्यक्ष अर्जुन सापकोटाले कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराएका छन् ।

नेपालमा ११, १२ मा पढ्ने विद्यार्थाीको लागि आफ्नोे क्षमता प्रदर्शन गर्ने र अन्तरराष्ट्रिय पर्तिस्पर्धामा नेपाललाई चिनाउने सबैभन्दा सुनौलो अवसर भएको अर्जुुन सापकोटाले जनाएका छन् । बिना प्रतिस्पर्धा भाग लिदा अघिल्लो वर्ष विद्यार्थीको प्रदर्शन सन्तोषजनक नरहेको स्मरण गर्दै सापकोटाले यसपाली भने सुरुदेखि निकै मेहेनतका साथ लागि परेको र राम्रो सफत प्राप्त गर्ने मौकाको रुपमा लिएको बताएका छन् । सापकोटा भन्छन्, “हाम्रा विद्यार्थी निकै मिहिनेती र अनुशासित छन् । केवल अवसर र राज्यले सहयोग गरे निकै ठुलो सफलता हात पर्ने थियो ।”
अर्जुन सापकोटा अन्तरराष्ट्रिय इकोनोमिक्स ओलिम्पियाडको कार्यकारी सदस्य समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्