Logo

समलिंगीको भूमिकामा देखिंदा धेरैले प्रश्न गरे– आयुष्मान खुराना



Spread the love

Related image

 

एजेन्सी । पछिल्लो समयमा हिट चलचित्रमा छाइरहेका बलिउडका सुपरस्टार आयुष्मान खुराना अर्को नयाँ चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ को रिलिज डेट पर्खिरहेका छन् ।

उनले शुभ मंगल ज्यादा सावधान नामक चलचित्रमा समलिंगीको भुमिकामा देखिंदा चलचित्र उद्योगका मानिसहरुले भूमिकाबारेमा धेरै प्रश्न गरेको बताएका छन् ।

मुम्बइ मिररका अनुसार उनले भने, “म जे छु सबै मेरो परिवारको देन हो । मलाइ परिवारका सदस्यहरूले पूर्ण रुपमा साथ दिइरहेका छन् । मलाइ जीवनको सबैभन्दा ठुलो निर्णय लिनको लागि सक्षम बनाएका छन् । जब मैले निर्णय गर्छु तब परिवार मेरो पक्षमा हुन्छन् । ”

“मलाइ शुभ मंगल ज्यादा सावधान चलचित्रमा समलिंगी भूमिकामा देखिंदा धेरैले बारम्बार प्रश्न गरेका थिए । मैले चलचित्र उद्योगमा छिरेदेखि फरक धारमा काम गरी पुरानो संस्कृतिलाई हटाउने प्रयास गरेको छु । विक्की डोनर अनि बाला यसका उदाहरण हुन्, ” खुरानाले थपे ।

हितेश केवालयद्धारा निर्देशन भएको चलचित्र शुभ मंगल ज्यादा सावधानमा खुरानालाई जितेन्द्र कुमार, नीना गुप्ता, सुनिता राजवार र मनु ऋषि लगायतका कलाकारहरुले साथ दिएका छन् । चलचित्र फेब्रुअरी २१ मा रिलिज हुँदै छ ।

आयुश्मान खुरानाले सन् २०१२ मा विकी डोनरबाट बलिउडमा पाइला टेकेका थिए । अन्धाधुन, बालाजस्ता चलचित्रमा काम गरेर आफूलाई बलिउडमा स्थापित गर्न सफल खुरानाले नेसनल फिल्म अवार्डबाट पनि सम्मानित भइसकेका छन् । धेरैले उनलाई भर्सटाइल कलाकार भनेर पनि चिन्छन् । उनी कलाकार मात्र नभइ गायक अनि उद्घाेषक पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्