Logo

चलचित्र मैदानको दुई पोस्टर सार्वजनिक (हेर्नुस् यस्ता छन्)



Spread the love

एजेन्सी । मैदानको पहिलो पोस्टर सार्वजनिक भएपछि अजय देवगणले बिहिबार पुनः दुई पोस्टर सार्वजनिक गरेका छन् ।

अजय देवगणले पोस्टर ट्विटरमा सार्वजनिक गर्दै, “परिवर्तन ल्याउनको लागि एक्लो मानिस धेरै हुन्छ,” भनेर क्याप्सनमा राखेका छन् ।

पहिलो पोस्टरमा अजय देवगण क्याजुअल सर्ट र फर्मल पेन्टमा सजिएका छन् । उनको एउटा हातमा झोला र छाता छ अनि उनले बललाई हानेका छन् ।

 

अनि दोस्रो पोस्टरमा भने अजय देवगणले आफ्ना खेलाडीहरुलाई प्रशिक्षण दिइरहेका छन् । पोस्टर अनुसार पानी परिरहेको छ । दोस्रो पोस्टरलाई देवगणले, “यो कथा भारतीय फुटबलको सुनौलो युगको हो र सोही युगको सबैभन्दा सफल प्रशिक्षकको, ” भन्दै क्याप्सन दिएका छन् ।

मैदान चलचित्र भारतीय फुटबलको सुनौलो युगको कथामा आधारित रहेको छ र अजय देवगण चलचित्रमा प्रशिक्षकको रुपमा देखिएका छन् । चलचित्रमा अजय देवगणसँगै प्रियमणीको भूमिका पनि रहनेछ । अमित शर्माद्धारा निर्देशित चलचित्र मैदान नोभेम्बर २७ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्