Logo

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो ।



Spread the love


काठमाडौं । सुनको भाउ आज घटेको छ । सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

बुधबार सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
मंगलबार तोलामा पाँच सय रुपैयाँ घटेको थियो भने आज आठ सय रुपैयाँमा घटेको छ । अन्तरराष्ट्रिय बजारको शेयर कारोबारमा सुधार देखिए पछि सुनको भाउ घटेको महासंघले जनाएको छ ।

यसैगरी चाँदी भने आज तोलामा पाँच रुपैयाँ घटेर प्रतितोला आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्