Logo

पूजा हेगडे पहिलो पटक सलमान खानसँग देखिने



Spread the love


एजेन्सी । बलिउडकी स्टार पूजा हेगडे सन् २०१६ मा रिलिज भएको चलचित्र मोहेन्जो दारोबाट बलिउड करिअरको सुरुवात गरेकी थिइन् । त्यसपछि उनी अक्षय कुमारसँग हाउसफुल–४ मा देखा परिन् ।

हृतिक रोशन र अक्षय कुमारसँग चलचित्रमा अभिनय गरेकी पूजा हेगडे अब सलमान खानसँग पनि देखिने भएकी छिन् ।

चलचित्रको नाम ‘कभी इद कभी दिवाली’ राखिएको छ । चलचित्रको निर्माण तथा स्क्रिप्ट लेखनमा सजिद नाडियाडवाला रहेका छन् । चलचित्र कभी इद कभी दिवालीको रिलिज सन् २०२१ को इदमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्