Logo

शाहिद कपुर र आलिया भाट पुनः सँगै देखिने



Spread the love


एजेन्सी । शाहिद कपुर र आलिया भाट फेरि पनि चलचित्रमा सँगै देखिने भएका छन् ।

कबिर सिंहको सफलतापछि शाहिद कपुरलाई चलचित्रमा काम गर्न भ्याइ–नभ्याइ छ । टलिउडको चलचित्र अर्जुन रेड्डीको हिन्दी रिमेक कबिर सिंहले बक्स अफिसमा धमाका पिटी सन् २०१९ को सबैभन्दा बढी कमाउने चलचित्रको दोस्रो स्थानमा आउन सफल भएको थियो । ३८ वर्षीय शाहिद कपुर अहिले जर्सी चलचित्रको छायांकनमा व्यस्त छन् । जर्सी पनि तेलेगु चलचित्र हो । पछिल्लो समयमा बलिउडमा हिन्दी रिमेकको ट्रेन्ड चलिरहेको छ ।

जर्सीपछि उनी नयाँ एक्सन चलचित्रमा आलिया भाटसँगै देखिने छन् । यसभन्दा अगि उनी शान्दार र उड्ता पन्जाबमा आलिया भाटसँग अभिनय गरिसकेका छन् । नयाँ चलचित्र करन जोहरले निर्देशन गर्ने छन् । चलचित्र सन् २०२० को अन्त्यतिर रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्