Logo

लभ आजकलले एक दिनमा कति कमायो



Spread the love


एजेन्सी । हिन्दी कथानक चलचित्र लभ आजकलको प्रतिक्रिया राम्रो नआएपनि बक्स अफिसमा भने सुरुको दिनमा राम्रो कमाइ गर्न सफल भएको छ ।

कार्तिक आर्यन र सारा अलि खानको अभिनय रहेको चलचित्र लभ आजकलले रिलिज भएको एक दिनमा १२ करोड भारु कमाएको छ ।

कार्तिक आर्यनले अभिनय गरेको चलचित्रले पहिलो चोटि एक दिनमा १२ करोड बनायो । यसभन्दा अगि पति पत्नि और वो चलचित्रले बक्स अफिसमा एक ९.१ करोड भारु बनाएको थियो ।

बक्स अफिसले पहिलो दिन ८.५ करोड भारुसम्म बनाउन सक्ने अनुमान गरेको थियो ।

इम्तियाज अलिको निर्देशनमा बनेको चलचित्र लभ आजकलमा कार्तिक र सारा बाहेक रणदीप हुड्डा, आरुशी शर्मा, श्वेता पड्डाको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्