Logo

चलचित्र ८३ को फस्ट लुक सार्वजनिक



Spread the love


एजेन्सी । रणवीर सिंह र दीपिका पादुकाेणकाे अभिनय रहने चलचित्र ८३ को फस्ट लुक सार्वजनिक भएको छ । रणवीर सिंहले इन्स्टाग्राममा फस्ट लुक सार्वजनिक गरेका हुन् ।


फस्ट लुकमा रणवीर सुटमा सजिएको देख्न सकिन्छ । दीपिका भने ठ्याक्कै कपिल देवकी पत्नि रोमी देवजस्तै देखिएकी छिन् ।


दुई वर्षअगि दीपिका पादुकोण र रणवीर कपुरको जोडी पद्यावत चलचित्रमा देखिएका थिए । त्यसपछि बल्ल ८३ मा देखिंदै छन् तर दीपिका पादुकोणको भूमिका भने निकै कम रहेको छ ।

कबिर खानको निर्देशनमा बन्न लागेको चलचित्र ८३ मा सन् १९८३ को विश्वकपलाई लिएर बनाइदैछ । चलचित्रमा रणवीर कपुरले कपिल देवको भूमिका निर्वाह गर्नेछन् भने दीपिकाले उनकी पत्नि रोमी देवको ।

प्रतिक्रिया दिनुहोस्