Logo

३५० करोडमा पुग्दै तानाजी



Spread the love


एजेन्सी । अजय देवगणको सयौँ चलचित्र तानाजीले बक्स अफिसमा धमाका गरिरहेको छ । जनवरी ९ मा रिलिज भएकाे तानाजीले बक्स अफिसमा ३४७ करोड भारु बनाइसकेको छ ।

सुस्ताउन नखाेजेकाे अजय देवगण अभिनित चलचित्र गोलमाल अगेनको रेकर्ड तानाजीले तोडिसकेको छ । गोलमाल अगेनले ३११ करोड भारु बनाएको थियो । अब तानाजीले ३५० करोड भारु बनाउने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।


चलचित्र तानाजीमा अजय देवगण, सैफ अली खान, काजोल, शरद केल्कर, नेहा शर्मा, शशांक, विपुल गुप्ता लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रले बक्स अफिसमा मात्र आफ्नो कमाल देखाएको छैन । यस चलचित्रलाई चलचित्र समीक्षकहरुले ५ मा ४ रेटिङ्ग दिएका छन् । अजय देवगणको अभिनय र सैफ अली खानको पृथक भूमिकाले चलचित्र सबैको मनमा बस्न सफल भएको छ । ५ रेटिङ्ग दिएका छन् । अजय देवगणको अभिनय र सैफ अली खानको पृथक भूमिकाले चलचित्र सबैको मनमा बस्न सफल भएको छ ।

चलचित्रलाई ओम राउतले निर्देशन गरेका हुन् । चलचित्रमा सैफ अली खानले खलनायकको भूमिका निर्वाह गरेका छन् भने अजय देवगणले छत्रपति शिवजीका बहादुर सैनिक तानाजी मालुसरेको भूमिकामा देखिएका छन् । चलचित्र ऐतिहासिक विषयवस्तुमा आधारित रहेर बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्