Logo

८० किलोको खुकुरी महोत्सवमा



Spread the love


पर्वत । पर्वतका दुर्गाबहादुर सुनारले नेपालको सबैभन्दा ठुलो खुकुरी बनाएका छन् । उक्त खुकुरीको तौल ८० किलो रहेको छ ।

गण्डकी प्रदेश स्तरीय महिला महोत्सवमा खुकुरी राखिएको थियो । महोत्सवमा उक्त खुकुरी आकर्षणको केन्द्र पनि बनेको थियो ।

दुर्गाबहादुर सुनार र अरु तीनजना मिलेर तीन महिनामा उक्त खुकुरी निर्माण गरेका थिए ।
खुकुरीको लम्बाइ साढे १० फिटको रहेको छ । सालको काठको बिँड र काँजोमा चाँदी र पितलको प्रयोग गरिएको खुकुरी बनाउन करिब दुई लाख रुपैयाँ लागेको थियो ।

अरूले परम्परागत काम गर्न छाडे पनि दुर्गाबहादुर सुनारले भने हँसिया, बन्चराे, खुकुरी, तरवार लगायतका हतियारहरू बनाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्